२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

विपन्नलाई निःशुल्क ब्लाङकेट वितरण

बुधवार , पौष २०, २०७९

भैरहवा, २० पुस ।
चिसो बढेपछि विपन्न परिवारलाई लक्षित गर्दै श्री सन्जय साई अग्रनाईजेसन काठमाडौं, नेपाल र श्री सन्जय साई सेवा समूह भैरहवा, रुपन्देहीले बुधबार भैरहवामा निःशुल्क ब्लाङकेट (कम्बल) वितरण गरेका छन् ।

सिद्धार्थनगर–२ का ५५ घरपरिवारलाई ब्लाङकेट वितरण गरिएको श्री सन्जय साई सेवा समूह भैरहवा, रुपन्देहीका अध्यक्ष राजेन्द्र थापाले बताए । उनले भने, ‘प्रत्येक वर्ष जाडो मौसममा ब्लाङकेट वितरण गर्दै आएका छौं, पुण्य काममा सहभागी हुन पाउँदा हर्षित छौं । ’

IMG_3732.JPG

निःशुल्क ब्लाङकेट वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी नारायण प्रसाद अग्रवालले निस्वार्थ रुपमा कुनै आशा नराखी काम गरिए सफलता प्राप्त गर्न सकिने बताए । उनले जाडो मौसममा आयोजित कम्बल वितरण कार्यक्रमले सबैको मनमा सहयोग गर्ने प्रेरणा जगाउने बताए ।

त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले जाडोको बेला वडा नम्बर २ का विपन्न परिवारलाई कम्बल वितरण गर्नु सराहनीय कार्य भएको बताए । उनले विपन्न परिवारलाई राहत प्रदान भएको र कार्यक्रम सफल भएको बताए ।

नेपाल क्यान्सर सपोर्ट ग्रुपका केन्द्रीय अध्यक्ष दिलिप भट्टराईले कठांग्रिदो जाडोमा ब्लाङकेट वितरण गर्नु सराहनीय भएको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

श्री आमा सामूदायिक सेवा समाजकी अध्यक्ष इन्दिरा क्षेत्रीले श्री सन्जय साई अग्रनाईजेसन काठमाडौं, नेपाल र श्री सन्जय साई सेवा समूह भैरहवाले राम्रो कार्य गरेको बताइन् । कार्यक्रम संयोजक कुमार केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सोही अवसरमा सिद्धार्थ प्याथोलोजी बैंकरोड भैरहवाको सहयोगमा निःशुल्क मधुमेह परीक्षण कार्यक्रम समेत सम्पन्न भएको थियो ।

IMG_3777.JPG