२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

मदिरा उद्योगलाई सकारात्मक दृष्टिले हेर्नुुपर्नेमा जोड

मंगलवार , पौष १९, २०७९

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • भैरहवा, १९ पुस ।
    मदिरा उद्योगलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुुपर्नेमा सम्बद्ध कर्मचारीहरुले जोड दिएका छन् । ‘सरकारी राजस्व संकलनमा मदिरा उद्योगको भूमिका महत्वपूर्ण छ । यसबाहेक प्रत्यक्ष र परोक्षरुपमा ठूलो संख्यामा रोजगारी सिर्जनमा पनि मदिरा उद्योगको योगदान महत्वपूर्ण छ, अन्तःशुल्क ईकाई प्रतिनिधि संघ लुम्बिनीका अध्यक्ष बासुुदेव पाण्डेले तिलोत्तमामा आयोजित एक कार्यक्रममा भने– ‘तर राज्यले जहिले पनि मदिरा उद्योगलाई राजस्व संकलनको माध्यमले मात्र हेर्यो ।’ 

    राजस्व संकलनको नजरले मात्र हेर्दा उद्योगीले विभिन्न समस्या खेप्नुुपरेको र त्यसको असर त्यहाँ कार्यरत कर्मचारीमा समेत पर्ने उनले बताए । करोडौंको लगानीमा खुलेका मदिरा उद्योगमा सयौंले रोजगारी पाएको र सरकारले सामान्य कारणमा समेत उद्योग बन्द गराउँदा मजदूर तथा कर्मचारीको रोजीरोटी गुम्ने गरेको उनले बताए । 

    खासगरी अन्तःशुल्कको बिषयमा उद्योगीले अनावश्यक हैरानी व्यहोर्नुपरेको उनको भनाइ थियो । सामान्य विषयमा समेत अनुुसन्धानको बहानामा पूर्ण रुपमा उद्योग बन्द गराइँदा उद्योगीले श्रमिक तथा कर्मचारी हटाउनुुपर्ने बाध्यता आइलाग्ने र त्यसको असर मजदूर तथा उसको घर परिवारमा पर्ने हुँदा यस्ता विषयमा सरकार गम्भिर हुनुुपर्ने माग उनको छ । 

    त्यस्तै सघंका सचिव कमल ज्ञवालीले उद्योगमा कार्यरत कर्मचारीहरुको सेवासुविधा उद्योग सञ्चालनको अवस्थामा भर पर्ने हुँदा कतिपय नीतिगत झन्झट र समस्याहरु सरकारले सुधार गर्नुुपर्ने बताए । उनले सबै उद्योगलाई एउटै डालोमा राखेर हेर्न नहुने बताए ।

    अन्तःशुल्क ईकाई प्रतिनिधि सघं मदिरा उद्योगमा कार्यरत अन्तःशुल्क हेर्ने कर्मचारीहरुको संस्था हो । कर्मचारीहरुको हकहित र उद्योगीका समस्या सहजीकरण गर्ने उद्देश्यले यो संस्था स्थापना गरिएको सचिव ज्ञवालीले बताए । संस्थामा लुम्बिनी प्रदेशका मदिरा उद्योगमा कार्यरत अन्तःशुल्क हेर्ने कर्मचारीहरु आबद्ध छन् । कर्मचारी र उद्योगीको हकहितको विषयमा संस्थाले विभिन्न कार्यक्रमहरु गर्दै आएको उपाध्यक्ष ऋषि भुुर्तेलले बताए ।