२०८२, कार्तिक २९ गते

Nov 15 2025 | २०८२, कार्तिक २९ गते

२६ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने 

सोमवार , पौष १८, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन संघीय संसद सचिवालयमा पत्र दिएका छन् । 

    १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जसकारण प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसद सचिवालयलाई २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन पत्र दर्ता गरेका हुन् । 

    २६ पुसको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मत लिने व्यवस्था मिलाउन पत्रमा प्रधानमन्त्रीले भनेका छन् ।