२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

झलनाथ खनालको प्रस्ताव- वामपन्थी दलहरूबीच कार्यगत एकता भए सरकारमा जान सकिने

सोमवार , पौष १८, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, १८ पुस ।

    एकीकृत समाजवादी नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारमा सहभागी हुने शर्त अघि सारेका छन् । 

    सोमबार बसेको पार्टीको पोलिट्ब्युरो बैठकमा लिखित प्रस्ताव राख्दै नेता खनालले वामपन्थी दलहरुबीच कार्यगत एकता भए सरकारमा जान सकिने बताएका हुन् । 

    तत्काल पार्टी एकता हुन सक्ने अवस्था नरहेकाले वामपन्थी दलहरुबीच कार्यगत एकता भएमा सरकारमा सहभागी हुन सकिने खनालको प्रस्तावमा उल्लेख छ । 

    आ‐आफ्ना दृष्टिकोण, विचार नीति र सिद्धान्त रहेका वामपन्थीहरुलाई अहिले मिलाउन र एकरुपता कायम गर्न नसकिने भन्दै उनले साझा सवालमा कार्यगत एकता गर्नुको कुनै विकल्प नरहेको बताए । एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक बसिरहेको छ ।