
सोमवार , पौष १८, २०७९
रुपन्देही, १८ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा पार्टीका स्थायी समिति सदस्य तथा रोल्पा १ (१)बाट निर्वाचित प्रदेश सभा सदस्य जोखबहादुर महरा चयन भएका छन् ।
सोमबार प्रदेशसभा सदस्यहरुको बैठकले उनलाई दल नेतामा निर्वाचित गरेको हो । लुम्बिनीमा प्रदेशमा (माओवादी केन्द्र) ९ जनाको प्रदेश सभा सदस्यहरुले महरालाई सर्वसम्मत निर्वाचित गरेको हो ।
बैठकमा माओवादी केन्द्र स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, पार्टीका लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालको रोवहरमा उपस्थिति रहेको थियो ।
स्थायी समिति सदस्य एवं मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीबाट सरकार र दलको नेतृत्व गर्नका लागि महरालाई शुभकामना दिएका छन् । केसीले भने, ‘सरकार र दलको नेतृत्व गर्नुहोला सफल कार्यकालको शुभकामना छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij