२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

देशभरका सिडियोलाई गृहमन्त्रीको निर्देशन- शीतलहरबाट जनता जोगाउनू

सोमवार , पौष १८, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, १८ पुस । 

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध ढंगले काम गर्न निर्देशन दिएका छन् । 

    देशभरका प्रमुख जिल्ला अधिकारीलाई भर्चुअल माध्यमबाट निर्देशन दिएका गृहमन्त्री लामिछानेले केही दिनयता चिसो बढेकाले जनतालाई जाडोबाट जोगाउन योजनाबद्ध ढंगले काम गर्न निर्देशन दिएका हुन् । 

    केही दिनयता देशभर चिसो बढेको छ भने तराई क्षेत्रमा पनि शीतलहर चलेको छ । शीतलहरजस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउन योजनाबद्ध ढंगले काम गर्न उनले सिडियोहरुलाई निर्देशन दिएका हुन् । न्युज कारखाना