२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

बालुवाटारमा प्रधानमन्त्री र निर्वाचन आयोग पदाधिकारीबीच छलफल

सोमवार , पौष १८, २०७९

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ । 

    बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार पुगेका निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्री प्रचण्डले गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाा सदस्य निर्वाचनको समीक्षा गर्दै राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि गरिने निर्वाचनको विषयमा छmलफल भएको छ । 

    सरकारको समर्थनमा आयोगले राष्ट्रपति निर्वाचनको मिति तोक्ने संवैधानिक व्यवस्था रहेको छ । सोही विषयमा छलफल गर्न आयोगका पदाधिकारी बालुवाटार पुगेका हुन् । 

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयुक्तहरू बालुवाटार पुगेर छलफल गरेका हुन् । 

    छलफलमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहभागी छन् ।