images

बुधवार, बैशाख १२ गते २०८१

सपथ ग्रहणपछि सि.के. गुप्ताले भने– ‘लुम्बिनीको विकासका लागि इमान्दारीपूर्वक लाग्नेछु’

सपथ ग्रहणपछि सि.के. गुप्ताले भने– ‘लुम्बिनीको विकासका लागि इमान्दारीपूर्वक लाग्नेछु’

images
images
images
सोमवार, पौष १८ २०७९
सोमवार, पौष १८ २०७९
  • सपथ ग्रहणपछि सि.के. गुप्ताले भने– ‘लुम्बिनीको विकासका लागि इमान्दारीपूर्वक लाग्नेछु’

    भैरहवा, १८ पुस ।
    लुम्बिनी प्रदेश सभा सदस्य चन्द्र केश गुप्ता (सि.के.) गुप्ताले लम्बिनीको विकासका लागि इमान्दारीपूर्वक लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आफू लुम्बिनीबासी भएको र सोही क्षेत्रबाट निर्वाचित भएकाले यस क्षेत्र र जनताको विकासका लागि अघि बढ्ने बताए ।

    images

    आइतबार दाङको देउखुरीस्थित लुम्बिनी प्रदेश सभा भवनमा सपथग्रहण पश्चात खबरपात्रोसँग कुराकानी गर्दै प्रदेशसभा सदस्य गुप्ताले भने, ‘पर्यटकलाई कसरी बढी भन्दा बढी सेवा सुविधा दिन सकिन्छ र उहाँहरुको बसाई लम्ब्याउन योजना अघि बढाउँछौं ।’

    जनमत पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत रहेका गुप्ताले शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा भएका समस्याहरुको समाधान गर्नेतर्फ लाग्ने बताए । उनले जातीवाद, नातावाद र कृपावाद भन्दा माथि उठेर सबैको विकासका लागि काम गर्ने बताए । उनले आफू निर्वाचित भएको क्षेत्रमा अधिकांश कृषि पेशामा निर्भर नागरिक भएकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने बताए । उनले भने, ‘लुम्बिनी विकास कोष क्षेत्र बाहिर रहेका जनताको पनि विकास हुन आवश्यक छ ।’ गुप्ता रुपन्देही क्षेत्र नम्बर ५ (२)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij