२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

सरकारबारे निर्णय गर्न आज एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक

सोमवार , पौष १८, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, १८ पुस । 
    नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक आज बस्दैछ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आज बिहान ११ बजे पार्टी कार्यालयमा बैठक बस्दैछ । 

    यसअघि दुई दिन बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने वा नजाने तथा सरकारलाई समर्थन मात्रै गर्ने कि प्रतिपक्षमा बस्ने विषयमा कुनै निर्णय लिन नसकेपछि पोलिटब्यूरो डाकिएको हो ।

    एमालेसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपनि एकीकृत समाजवादीको आगामी रणनीति स्पष्ट भइसकेको छैन । न्युज कारखाना