२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

होटल पौवाले मनायो राष्ट्रिय पोशाक तथा टोपी दिवस 

आइतवार , पौष १७, २०७९

रुपन्देही, १७ पुस । होटल पौवाले राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाएको छ । रुपन्देहीको बुटवलस्थित होटल पौवासँगै देशैभरका शाखामा राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाएको हो । 

नेपाली संस्कृतिको पहिचान, संरक्षण र अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार प्रसार गर्नका लागि नेपाली पोशाकमा सजिएर सेवा प्रदान गर्ने गरिएको होटलका ब्राण्ड प्रमुख विष्णु भण्डारीले बताए । होटलमा आएका सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा दौरा सुरुवाल, कोट तथा ढाका टोपीसहित स्वागत गर्ने गरिएको बताउँदै उनले नेपाली संस्कृतिका बारेमा विदेशी पर्यटकहरुलाई समेत जानकारी गराउने गरिएकोे बताए । 

होटल पौवाको बुटवल शाखामा मात्रै ७० जना कर्मचारीहरु रहेका छन् । त्यसै गरी रुपन्देहीकै भैरहवा, पाल्पा, गुल्मीको रेसुङ्गा, पोखरा, कपिलवस्तु, दाङकोे घोराही, लमही, धनगढी र जुम्ला गरी ११ वटा शाखा रहेका छन् । शाखा अन्तरगत ४५० बढीलाई रोजगार प्रदान गरिरहेको होटल पौवाले स्थापनाकालदेखि नै नेपाली पोशाकमा सजिएर ग्राहकलाई स्वागत तथा सेवा प्रदान गर्ने गरेको भण्डारीले बताए । 

नेपाली उत्पादन तथा परिकारहरुलाई ग्राहक सामु पस्किने गरेको होटलमा ढिडो, आँटो, गुन्द्रुक, मोही तथा साधेका विभिन्न परिकारहरु उपलब्ध गराउने गरेको छ । नेपालको पहाडी जिल्लाहरुमा पाइने औषधीय गुण भएको टिमुरको अचार तथा टिमुरसँग साधेको चिकेन यहाँको मुख्य र आकर्षक परिकारको रुपमा रहँदै आएको छ ।