आइतवार , पौष १७, २०७९
भैरहवा, १७ पुस । गौतमबुद्ध मिडिया प्रा.लि. भैरहवा, रुपन्देहीको सातौं वार्षिक साधारणसभा शुक्रबार मायादेवी गाउँपालिका–८ बसडिलवास्थित मायादेवी पार्कमा सम्पन्न भएको छ ।
साधारणसभामा बोल्दै मिडिया प्रा.लि.का अध्यक्ष खिमबहादुर खत्रीले वि.सं. २०७३ साल फागुन २८ गतेदेखि दैनिक रुपमा प्रकाशन हुँदै आएको गौतमबुद्ध राष्ट्रिय दैनिक पत्रिकालाई विभिन्न आरोह अवरोहकाबीच निरन्तर रुपमा प्रकाशन गर्न सफल भएको बताए । उनले पत्रकारितामार्फत यस क्षेत्रको विकास, उद्योग, व्यवसाय, पर्यटन र कृषिको प्रवद्र्धन गर्ने गौतमबुद्ध मिडिया प्रा.लि.को उद्देश्य भएको बताए ।
उनले भने, ‘आवाजबिहीन नागरिकको आवाज बन्ने, भ्रष्टाचारको विरुद्धमा जनमत तयार गर्ने, समाजका विकृति, विसंगतिहरुलाई उजागर गर्दै समुन्नत समाजको निर्माणमा सहयोगी बन्ने, उद्योग, व्यापार, पर्यटनको विकास र प्रवद्र्धनमा सहयोग पु¥याउने, शिक्षा, स्वास्थ्य र मानवअधिकारको प्रत्याभुति गर्न खबरदारी गर्ने हाम्रो मिशन हो ।’
मिडिया प्रा.लि.का सञ्चालक नारायण प्रसाद भण्डारीले आर्थिक मन्दीका कारण सञ्चार क्षेत्र पनि प्रभावित भएको बताए । उनले भैरहवामा दैनिक पत्रिकाको रुपमा गौतमबुद्ध सन्देश राष्ट्रिय दैनिक पत्रिका निरन्तर रुपमा प्रकाशित भइरहेको बताए ।
कार्यक्रममा मिडिया प्रा.लि.का सञ्चालक सुरेन्द्र बस्याल, शेयरधनी केशवराज ज्ञवाली, शंकर ज्ञवाली, डा. ऋषिराम शर्मा, अनिल कुमार ज्ञवाली, प्रमोद ज्ञवाली, चन्द्रमणि अधिकारी, गौतमबुद्ध सन्देश राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक कुलमणि ज्ञवाली लगायतले बोल्दै सल्लाह सुझाव अनुसार पत्रिकालाई दीगो बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।
गौतमबुद्ध मिडिया प्रा.लि.का अध्यक्ष खिमबहादुर खत्रीको अध्यक्षता, सञ्चालक नारायण प्रसाद भण्डारीको स्वागत, सुरेन्द्र बस्यालको धन्यवाद ज्ञापन तथा सञ्चालक रामचन्द्र रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमममा आर्थिक वर्ष २०७८÷७९ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
‘शान्ति र समृद्धिको संवाहक’ भन्ने नाराकासाथ गौतमबुद्ध मिडिया प्रा.लि.ले प्रकाशन गर्दै आएको गौतमबुद्ध सन्देश राष्ट्रिय दैनिक भैरहवाबाट प्रकाशित एकमात्र दैनिक पत्रिका भएको प्रबन्ध सम्पादक बिष्णु प्रसाद भट्टराईले बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij