images

मंगलवार, बैशाख २५ गते २०८१

राष्ट्रभक्ति गीत ‘नेपालको जय होस्’ को छायांकन बुटवलमा

राष्ट्रभक्ति गीत ‘नेपालको जय होस्’ को छायांकन बुटवलमा

images
images
images
आइतवार, पौष १७ २०७९
आइतवार, पौष १७ २०७९
  • राष्ट्रभक्ति गीत ‘नेपालको जय होस्’ को छायांकन बुटवलमा

    बुटवल, १७ पुस ।
    मुलुक र जनताको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै स्वतन्त्र नागरिक समूह नेपाल नामक संस्थाले राष्ट्रभक्ति गीत ‘नेपालको जय होस्’ भन्ने गीतको छायांकन गरेको छ । रुपन्देहीको बुटवल र आसपासका क्षेत्रका छायांकन गरिएको सो गीतले आम जनताबाट हराउँदै गएको देशप्रेम जागृत गराउने उद्देश्यका साथ उक्त देशभक्ति गीतको म्युजिक भिडियो बनाउन लागेको बताइएको छ । 

    images
    images
    images

    गत शुक्रबार बुटवलको नयाँगाउँस्थित मुक्तिनाथ मन्दिरमा शुभमुहर्त गरिएको र सोही मन्दिरबाट शुभसाइत जुराएर छायांकन शुभारम्भ भएको स्वतन्त्र नागरिक समूह नेपालले जनाएको छ । उक्त गीतको शुक्रबार नै तिलोत्तमाको गीर्वाण माध्यमिक विद्यालय र शंकरनगरको वनवाटिकामा पनि छायांकन गरिएको समूहका महासचिव टोपबहादुर केसीले जानकारी दिए । त्यस्तै पुस १६ गते शनिबार गौतमबुद्वको जन्मस्थल लुम्बिनीमा पनि छायांकन गरिएको समूहका महासचिव केसीले बताए ।

    bishow.jpg

    राष्ट्रप्रेम र राष्ट्रभक्तिको भावनालाई नेपाली जनसमुदायमाथि प्रस्तुत गरी राष्ट्रको राष्ट्रिय एकता, स्वाधिनता र सार्वभौमिकताको रक्षा गर्ने, देशभक्ति आन्दोलनको सवालमा एउटा ईट्टा थप्न सक्ने विश्वाससहित गीत छायांकन गर्न लागिएको समूहकाअध्यक्ष विश्वराज गैरेले बताए ।

    चर्चित नृत्य निर्देशक कमल राईको निर्देशन, फिल्म निर्देशक तथा छाँयाकार शिव ढकालको छायांकन, अनिल पहाडीको सहयोग र स्वतन्त्र नागरिक समूहको लगानी रहेको उक्त गीतमा स्थानीय कलाकारहरुको बाहुल्यता रहेको छ । पछिल्लो समय युवा पुस्तामा हराउँदै गएको देशप्रेम र आम नेपालीले बिर्सिदै गएको जन्मभूमिलाई राष्ट्रप्रेमको भावनाले ओतप्रोत गर्ने लक्षका साथ सो गीत बजारमा ल्याउन लागिएको निर्देशक राईले बताए । 

    कुल ६ मिनेट २० सेकेण्ड लामो सो गीतलाई छिट्टै छायांकन सकेर विभिन्न माध्यमबाट विश्वभर प्रदर्शन गरिने जानकारी गराउँदै सो गीत छायांकनका लागि अत्याधुनिक क्यामेरा लगायतका सामाग्री र उपकरणहरु प्रयोग गरिएको छाँयाकार शिव ढकालले बताए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij