२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

नील गाई मारेको आरोपमा तीन जना पक्राउ

शनिवार , पौष १६, २०७९

कपिलवस्तु, १६ पुस ।

बन्यजन्तु नील गाई मारेको आरोपमा कपिलवस्तु प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नील गाई मारेर मासु भाग लगाउँदै गर्दा यशोधरा गाउँपालिका-८ शिंहखोरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मर्यादपुरबाट वरिष्ठ सई गगन शाहीको कमाण्डमा खटिएको टोलीले जमिल अहमद चौधरी, कपिलवस्तु नगरपालिका-२ पडेरीयाका मोहम्मद ईमरान र नसुल्ला मुसलमानलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कपिलवस्तुमा बुझाइएको छ । न्युज कारखाना