२०८२, माघ २२ गते

Feb 05 2026 | २०८२, माघ २२ गते

गुल्मीको मदानेमा युवामाथि सांघातिक आक्रमण

शुक्रवार , पौष १५, २०७९

  • 6.0K
    Shares
  • 6.0K
    Shares
  • गुल्मी। गुल्मीको मदाने गाउँपालिका पुर्कोट दहमा एक जना युवामाथि सांघातिक आक्रमण भएको छ। वनभोज खाने क्रममा विवाद हुँदा गुल्मीको पर्कोटदहमा एक युवामाथि सांघातिक आक्रमण गरिएको हो। 

    मदाने गाउँपालिका– ६ पुर्कोट दहका १८ वर्षीया सन्तोष कुँवरमाथि आक्रमण भएको हो गुल्मी प्रहरीले जनाएको छ। स्थानीय कन्के देउरालीमा वनभोज खान गएका मदाने– ६ कै ३३ वर्षीय रमेश परियारले कुवरलाई सांघातिक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख अर्जुन रानाभाटले जानकारी दिए।

    कुवँर गम्भीर घाइते रहेको प्रहरी प्रमुख रानाभाटले जानकारी दिए। घाइते कुवरको दाइने हातमा ठूलो चोट लागेको छ। उनलाई उपचारको लागि अर्घाखाँची अस्पताल पठाइएको रानाभाटले बताए। 

    प्रहरीले परियार र प्युठान झिमरुक गाउँपलिका– ४ बाङेसालका १८ वर्षीय प्रशान्त परियारलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख रानाभाटले बताए।