
शुक्रवार , पौष १५, २०७९
रुपन्देही, १५ पुस ।
रुपन्देहीको सियारी गाउँपालिकामा बृहत स्वास्थ्य शिविर गरिएको छ । सियारी गाउँवासीलाई स्वस्थ राख्ने योजनाअनुरुप बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको पालिकाले जनाएको छ ।
सियारी गाउँपालिका, क्रिमसन अस्पताल र लुम्बिनी रण अम्बिका शाखा आँखा अस्पतालको संयोजनमा गरिएको स्वास्थ्य शिविरमा ८ सय बढी नागरिकले स्वास्थ्य जाँच गराएका छन् ।
सियारी–२ स्थित मैनहिया माविमा भएको शिविरमा मुटु रोग, फिसिसियन सेवा, महिला तथा प्रसुुति सेवा तथा बालरोग सेवा र आँखा रोगसम्बन्धी स्वास्थ्य जाँच गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिए । उनले क्रिमसन अस्पतालका विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिएको बताए । उनले ३२७ जनाले आँखाको जाँच गराइएको र त्यसमध्ये ४५ जनाको मोतियाबिन्दुको अपरेशन गर्नुपर्ने बताए । त्यसै गरी ५ सय बढीले अन्य विभिन्न रोगको जाँच गराएको घर्ती बताए ।
नागरिकलाई बिभिन्न रोगका बिषयमा सचेतना फैलाउन तथा उपचार गराउन टाढा जान नसक्ने नागरिकलाई स्वास्थ्य शिबिर प्रभावकारी बन्ने उद्धेश्यले शिबिरको आयोजना गरिएको बताए ।
नागरिकलाई विभिन्न रोगका विषयमा सचेतना फैलाउन तथा उपचार गराउन टाढा जान नसक्ने नागरिकलाई स्वास्थ्य शिविर प्रभावकारी बन्ने उद्देश्यले शिविरको आयोजना गरिएको बताए ।
गाउँपालिकामा नयाँ जनप्रतिनिध आएपछि शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर काम गर्दै आएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले सियारीबासी नागरिकलाई स्वास्थ्य राख्ने योजना अनुरुप विभिन्न स्वास्थ्य शिविर राखिएको बताए । उनले शिविरमा आउन नसक्ने जेष्ठ नागरिक तथा अशक्त र असहाय नागरिकलाई घरमै गएर पनि स्वास्थ्य सेवा दिदै आएको उल्लेख गरे ।
पालिकाको संयोजनमा गाउँस्तरमा भएको स्वास्थ्य शिविरले नागरिकमा पनि उत्साह थपेको छ । शिविरमा स्वास्थ्य उपचार गराएका शिवकुमार मालीले स्वास्थ्य शिबिरबाट आफू निकै लाभान्वित भएको बताए । उनले आफू जस्तै अन्य सेवाग्राही पनि शिविरबाट लाभान्वित भएको उल्लेख गरे ।
सियारी गाउँपालिकाले स्वास्थ्यका क्षेत्रमा उल्लेख्य काम गरेको छ । पालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य सेवामा लाभ पुर्याउने उद्देश्यले रगत र मोतियाबिन्दुको अपरेशनलाई निःशुल्क बनाएको छ । नागरिक स्वस्थ भए पालिका पनि स्वस्थ हुने नीतिअनुरुप स्वास्थ्य क्षेत्रमा उल्लेख्य लगानी गरेको पालिकाले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij