२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

भुमिकास्थान नगरपालिकामा ६ सय ३३ जनाले पाए अपांगता परिचयपत्र

शुक्रवार , पौष १५, २०७९

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • अर्घाखाँची, १५ पुस ।
    अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा ६ सय ३३ जनाले अपांगता परिचयपत्र प्राप्त गरेका छन् । अपांगता भएकालाई नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले अपांगता परिचयपत्र वितरण गरेको हो ।

    परिचयपत्र प्राप्त गरेका ३२ पुरुष र २१ महिला गरी ५३ मध्ये चार जनाले ‘क’ वर्गको परिचयपत्र पाएका छन् । ३८ जनाले ‘ख’ वर्गको, पाँच जनाले ‘ग वर्गको र ६ जनाले ‘घ’ वर्गको परिचयपत्र प्राप्त गरेका छन् । 

    उपमेयर बालकृष्ण बन्जाडेले अशक्त अपांग भुमिकास्थान–३ का दिपक बन्जाडे र नरहरी पौडेललाई ‘क’ वर्गको रातो कार्ड (परिचयपत्र) वितरण गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन् ।

    वडाले गरेको सिफारिस तथा अन्य अपांगता खुल्ने कागजात र नागरिकको प्रत्यक्ष उपस्थितिमा परिचयपत्र वितरण गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शान्ता आचार्यले जानकारी दिइन् । न्युज कारखाना