२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

लुम्बिनी प्रदेशको पैचोले पायो ‘एग्री विजनेश’तर्फको एचआरएम कर्पोरेट अवार्ड 

शुक्रवार , पौष १५, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • रुपन्देही, १५ पुस । 
    लुम्बिनी प्रदेशको गुल्मीबाट सञ्चालित पैचो पसल प्रा.लि.ले यस वर्षको ‘द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सलेन्स एग्री विजनेश’ प्राप्त गरेको छ ।

    काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा ग्रोथ सेलर्सको भगेनी संस्था कर्पोरेट क्लबले पैचो पसल प्रा.लि.लाई एग्री विजनेशतर्फको कर्पोरेट अर्वाडले सम्मानित गरेको हो ।

    प्रा.लि.का सञ्चालक समिति सदस्य राजन पौडेलले कम्पनीकोतर्फबाट सो अवार्ड ग्रहण गरेका छन् । निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने संस्था तथा व्यक्तिलाई कर्पोरेट क्लबले हरेक वर्ष सम्मान गर्ने गरेको छ । 

    यसवर्ष क्लबले विभिन्न २२ विधामा अवार्ड र सम्मान प्रदान गरेको छ । लुम्बिनी प्रदेशबाट यो अवार्ड पाउने पैचो पहिलो संस्था हो । ‘बसे पनि शहर गाउँकै खाने रहर’ नाराका साथ गुल्मीको बलेटक्टारमा केन्द्रीय कार्यालय रहेको पैचो पसलले पहाडी र उच्च पहाडी भूभागका किसानले उत्पादन गरेका खाद्य वस्तु र तरकारी खरिद गरी विक्री गर्ने गरेको छ । किसानका उत्पादनलाई पैचोले अत्याधुनिक कारखानामा प्रशोधन गरेर पैचो ब्राण्डमा विभिन्न खाद्य पदार्थ बजारमा विक्री गर्दै आएको छ । पैचोका उत्पादन केही समय अघिदेखि संयुक्त राज्य अमेरिकामा समेत निर्यात हुन थालेको छ ।