
बिहिवार , पौष १४, २०७९
बुटवल, १४ पुस ।
फजुल खर्च कटौती गर्दै आफ्नो जन्मदिनको अवसरमा बुटवलका लायन्सकर्मी तथा व्यवसायी आशिषकृष्ण श्रेष्ठले आश्रममा सहयोग गरेका छन् । लायन्स क्लब अफ बुटवल स्टार्सका पूर्वअध्यक्ष तथा डिष्ट्रिक एड्भाईजर एमजेएफ आशिष कृष्ण श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा रुपन्देहीको तिलोत्तमा–९ स्थित सृजनशिल नेपाल अनाथ आश्रममा सहयोग गरेका हुन् ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का गभर्नर नवराज न्यौपानेसहितको सहभागीतामा श्रेष्ठले खाद्यान्नसहित जिन्सी सहयोग गरेका हुन ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक सचिव एमजेएफ सन्दीप कसौधन, क्लबका अध्यक्ष एमजेएफ विजयकुमार वर्णवालसहित क्लबका सदस्यहरुको सहभागीता रहेको थियो । लायन्स क्लव अफ बुटवल स्टार्सले क्लबको स्थापना दिवससहित विभिन्न समयमा सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij