२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

जेसीआई सिद्धार्थ लेडी नेपालमा पाण्डे 

बुधवार , पौष १३, २०७९

भैरहवा, १३ पुस । 
जेसीआई सिद्धार्थ लेडी, नेपालमा नयाँ नेतृत्व चयन गरिएको छ । जेसिआई सिद्धार्थ लेडीको वर्ष २०२३ को अध्यक्षका लागि विष्णु पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो । 

बुधबार भैरहवामा भएको संस्थाको २६ औ वार्षिक साधारण सभा तथा शाखा अधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । जसको कार्यकारिणी उपाध्यक्षका लागि ज्ञानुमाया पोखरेल र संगिता आचार्य निर्वाचित भएका छन् । त्यसै गरी संस्थाको उपाध्यक्षमा उर्मिला टण्डन, सीता काफ्ले, मुना रावल र संगिता घिमिरे निर्वाचित भएका छन् । 

त्यस्तै निर्देशकमा भीमकुमारी कडारिया, गंगा पाठक र कुशुम के.सी निर्वाचित भएका छन् । बाँकी रहेका पदमा पछि मनोनित गर्ने अध्यक्ष पाण्डेले जानकारी दिइन् । 

कार्यक्रम वर्ष २०२२ की अध्यक्ष प्रकृती उप्रेतीको अध्यक्षता, कार्यक्रम संयोजक विष्णु पाण्डेको स्वागत तथा जेसीआई सिद्धार्थ लेडी, नेपाल वर्ष २०२२ की सचिव सिर्जना पाठकको सञ्चालनमा सम्पन्न भएको थियो ।