२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

मन्त्री भए–नभए पनि संघ–संस्थालाई सहयोग गर्छु : सन्तोष पाण्डेय

बुधवार , पौष १३, २०७९

भैरहवा, १३ पुस ।
लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयले छिट्टै नै प्रदेश सरकार निर्माण हुन लागेको र आफू मन्त्री भए–नभए पनि संघ–संस्थालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले संसदीय विकास कोषमार्फत आवश्यक सहयोग गर्ने बताए । 

जेसीआई सिद्धार्थ लेडी, नेपालको २६ औं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनको बुधबार भैरहवामा उद्घाटन गर्दै प्रदेशसभा सदस्य पाण्डेयले ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने नाराका साथ जेसीज अगाडि बढ्दै राम्रो काम गरेको बताए । उनले जेसीआई सिद्धार्थ लेडी, नेपालले संस्थामा आबद्ध सदस्यहरुले आफ्नै खर्चमा शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएको बताए । लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका नेता पाण्डेयले विगतमा आफू पनि जेसीजमा आबद्ध भएको जानकारी दिए । उनले भने, ‘समाजको विकासका लागि महिलाको भूमिका महत्वपूर्ण छ, महिलाको उपस्थिति आवश्यक छ ।’

322362018_1606418893121163_956079127993780943_n.jpg

जेसीआई सिद्धार्थ लेडी, नेपाल वर्ष २०२२ की अध्यक्ष प्रकृती उप्रेतीले आगामी दिनमा नयाँ नेतृत्वले अझ राम्रो काम गर्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘नयाँ टीमले संस्थाको गरिमालाई अझ उच्च बनाउनेमा विश्वस्त छु ।’

कार्यक्रम संयोजक विष्णु पाण्डेको स्वागत तथा जेसीआई सिद्धार्थ लेडी, नेपाल वर्ष २०२२ की सचिव सिर्जना पाठकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनले नै नेतृत्व चयन गर्ने संस्थाले जनाएको छ ।