२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

प्राइम बैंक तिलोतमा शाखाद्वारा एटीएम सेवा सुचारु

आइतवार , पौष १०, २०७९

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, १० पुस । प्राइम कमर्सियल बैंक लिमिटेड तिलोतमा शाखा कार्यालय, (भलवारी) रुपन्देहीले आईतबारदेखि एटीएम सेवा सुरु गरेको छ ।

    बैंकका लुम्बिनी प्रदेश प्रमुख कृष्ण प्रसाद अर्यालको अध्यक्षता तथा तिलोतमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाडको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा शिक्षक, व्यवसायी, कर्मचारी, टोल प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । सुचारु गरिएको एटीएम सेवा यस क्षेत्रकै उत्कृष्ट रहेको बैंकले दावी गरेको छ ।

    यस क्षेत्रका सेवाग्राही लाभान्वित हुने अपेक्षा गरिएको बैकका तिलोतमा शाखा प्रबन्धक धुर्व भण्डारीले बताए ।