२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

दयाराम हेल्प फाउण्डेशनको आयोजनामा लुम्बिनीमा निःशुल्क आँखा शिविर

शनिवार , पौष ९, २०७९

भैरहवा, ९ पुस ।
दयाराम हेल्प फाउण्डेशन, लुम्बिनीको आयोजनामा शुक्रबार लुम्बिनीमा एकदिने बृहत निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १२ आमाहवा, भभईस्थित श्री दुर्गा प्राविमा शिविर आयोजना गरिएको फाउण्डेशनकी अध्यक्ष पुनिता यादवले बताइन् ।

शिविरमा ४ सय जना बढीको आँखा परीक्षण भएको र बिरामीहरुलाई निःशुल्क औषधी वितरण गरिएको उपाध्यक्ष शिवकुमार यादवले बताए । उनले ३ सय जनालाई चश्मा समेत वितरण गरिएको जानकारी दिए ।

स्थानीय विरेन्द्र मिश्राले निःशुल्क आँखा शिविरमा विशेष गरी वृद्धवृद्धाहरु आएको बताए । उनले दयाराम हेल्प फाउण्डेशनले सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गरेको बताए । शिविरमा आँखा परीक्षण गराएका स्थानीयबासीहरुले दयाराम हेल्प फाउण्डेशन, लुम्बिनीलाई धन्यवाद दिएका थिए ।

फाउण्डेशनले विगत ६ वर्षदेखि लुम्बिनी साँस्कृतिक नगरपालिका क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । 

WhatsApp Image 2022-12-24 at 12.58.44 PM.jpeg