२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

स्थापना दिवसको अवसरमा लुम्बिनी प्रेस क्लबद्वारा रक्तदान

शनिवार , पौष ९, २०७९

भैरहवा, ९ पुस ।
लुम्बिनी प्रेस क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लबको स्थापना दिवसको अवसर पारेर भैरहवाको जनकपथस्थित क्लबको कार्यालय परिसरमा कार्यक्रमको आयोजना गरिएको कार्यवाहक अध्यक्ष सम्झना शर्माले बताइन् । रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको शर्माले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्लबका निवर्तमान अध्यक्ष दीपेश पछाईले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको बताए । उनले स्थापना दिवसको अवसरमा क्लबले विभिन्न कार्यक्रम आयोजन गर्न लागेको बताए ।

IMG_9711.JPG

कार्यक्रम संयोजक तथा क्लबका अनुशासन समिति संयोजक पशुपति यादवको स्वागत तथा महासचिव कमल रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्त संचार सेवा केन्द्र सिद्धार्थनगरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा १७ युनिट रगत संकलन भएको क्लबका सदस्य मोहम्मद हबिबले जानकारी दिए ।