२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

तेस्रो रेडियो मुक्ति महिला फुटसलको उपाधि संचारिका समूहलाई

शनिवार , पौष ९, २०७९

बुटवल, ९ पुस ।
तेस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता २०७९ को उपाधि संचारिका समूह रुपन्देहीले जितेको छ । शुक्रबार भएको फाईनल खेलमा सिद्धबाबा मन्दिर विकास समिति तिनाउ–३, पाल्पालाई ३–० गोल अन्तरले पराजित गर्दै संचारिका समूहले उपाधि हात पारेको हो । उपाधिसँगै संचारिकाले नगद १२ हजार ५ सय रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

सिद्धबाबा मन्दिर विकास समितिको टिम उपविजेता बन्दै नगद ६ हजार ५ सय रुपैयाँ, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा संचारिका समूहकी टीम क्याप्टेन निरु गौतम सर्वोत्कृत खेलाडी घोषित हँुदै पुरस्कृत भइन् । त्यसै गरी संचारिकाकै उषाकिरण पन्थ उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता शंकरनगर खानेपानी तथा सरसफाई संस्थाकी पावर्ती खत्री, अनुशासित खेलाडी सिद्धबाबाकी दुर्गा थापा र जेष्ठ महिलाबाट बुटवल उपमहानगरपालिकाकी कोपिला ज्ञवाली पुरस्कृत भएका छन् ।

‘सचेत नारी, सचेत परिवार : हरेक क्षेत्रमा समान अधिकार’ नारासहित स्थापना भएको रेडियो मुक्ति ९५ थोप्लो ५ को स्थापना दिवसको अवसरमा सम्पन्न कार्यक्रमको एक समारोहकाबीच बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्याल, रेडियोकी अध्यक्ष दीपु पोखरेल, रेडियोकी स्टेशन म्यानेजर कल्पना तिवारी, नेपाल पत्रकार महासंघका रुपन्देहीकी उपाध्यक्ष अमृता अनमोलले विजेता, उपविजेता टीम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन् । 

सामूदायिक रेडियो, रेडियो मुक्ति ९५ थोप्लो ५ को आयोजना, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका वडा नम्बर १ र २ को सहकार्यमा एकदिने महिला सशक्तिकरणका लागि खेल नारासहित आयोजना गरिएको प्रतियोगितालाई कृषि विकास बैंक लिमिटेड बुटवल, सिटिजन बैंक, ग्लोबल आईएमई, एभरेष्ट, शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, सिद्धबाबा मन्दिर विकास समिति, रोटरी क्लब अफ तिनाउ बुटवल, लायन्स क्लब अफ शंकरनगर बाटिका, ईनरह्वील क्लब अफ मिडटाउनले समन्वय गरेको थियो ।