शुक्रवार , पौष ८, २०७९
भैरहवा, ८ पुस ।
आगामी पुस ११ र १२ गते भारतमा हुने एनकेएफआई इन्टरनेशनल कराँते एण्ड किक बक्सिङ प्रतियोगिता–२०२२ मा नेपालबाट सहभागी हुने अफिसियल र खेलाडीलाई शुक्रबार विदाई गरिएको छ ।
भारतको महाराष्ट्रस्थित नेता जी सुभाष चन्द्र बोस मिल्ट्री स्कुल फुलगाउँमा हुने प्रतियोगितामा सहभागी हुन जापान गोजुरियो कराँते डो मिसन संघ, नेपालको तर्फबाट अफिसियलसहित १६ जना भारततर्फ प्रस्थान गरेका छन् ।संघका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक के.बि. रानाको नेतृत्वमा नेपाली खेलाडीको टीम शुक्रबार बिहान भारत प्रस्थान गरेको हो ।
खेलाडीहरु र अफिसियलहरूलाई रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले विदाई गरेका छन् ।
खेलाडीहरुलाई राष्ट्रिय झण्डा प्रदान गर्दै नगरप्रमुख खाणले खेलको माध्यमबाट मुलुकलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सकिने बताए ।
जापान गोजुरियो कराँते डो मिसन संघ, नेपाल रुपन्देहीका अध्यक्ष उमेश थापा लाटोमगरको स्वागत तथा संघका केन्द्रीय उपाध्यक्ष सतिष चौधरीको सञ्चालनमा बेलहियामा सम्पन्न कार्यक्रममा संघका प्रमुख सल्लाहकार भरत बहादुर केसी, प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशका अध्यक्ष जय प्रकाश भट्टराई, लुम्बिनी खुकुरी क्लबका अध्यक्ष राम बहादुर बस्नेत लगायतले खेलाडीहरुलाई सफलताको शुभकामना दिएका थिए ।
खेलाडीको टीम पुस १५ गते नेपाल फर्कने कार्यक्रम तय भएको जापान गोजुरियो कराँते डो मिसन संघ, नेपालले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij