शुक्रवार , पौष ८, २०७९
भैरहवा । सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले कृषकहरुलाई उत्पादनमा आधारित अनुदान दिने बताएका छन् । श्री ज्ञानविज्ञान कृषि सहकारी सस्था लिमिटेडको सातौ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले गाई, भैसीमा अनुदान दिदा दुध दिन छाडेपछि किसानकै बालिनाली नष्ट गर्ने गरेको उल्लेख गर्दै उत्पादनमा आधारित अनुदानलाई प्रोत्साहित गरिएको बताए ।
उनले किसानहरुको हितका गाउँपालिकाले बिभिन्न खालका कार्यक्रम ल्याएको उल्लेख गर्दै धान, मकै, गहु, तोरी, माछा लगाएतका उत्पादनमा अनुदान दिदै आएको बताए ।
अध्यक्ष घिमिरेले मुलुक आत्मनिर्भर बन्न नसक्दा आर्थिक अबस्था झनपछि झन कमजोर बन्दै गएको किसानलाई कृषि क्रान्तिमा लाग्न आग्रह गरे । ५६ सय हेक्टर कृषि योग्य जमिन रहेको सियारी अहिले माछामा आत्मनिर्भर बन्दै अहिले बार्षिक करोडौ रुपैयाको बिक्रि बितरण समेत हुदै आएको बथनए ।
सियारीले किसानको हितका लागि सिचाई गर्दा लाग्ने बिद्युतमा ५० प्रतिशत छुट दिदै आएको उल्लेख गरे । साधारण सभामा उत्कृष्ट कृषक सदस्यलाई सम्मान गरिएको छ । सहकारीले धान तर्फ लेखनाथ भुसाल, तोरीतर्फ हरी पाण्डे, गहुतर्फ कृष्णप्रसाद गौतम र मकै तर्फ ईश्वरी पराजुलीलाई सम्मान गरिएको छ ।
सहकारीका सदस्य चन्द्रकान्त बस्यालको सञ्चालन र डुनराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न सहकारीका पदाधिकारी लगाएतले बोल्दै स्थानिय सरकारले सहकारीमा आबद्ध किसानलाई आबश्यक सहयोग गर्न आग्रह गरेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij