२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

रवि लामिछानेले सिइओका लागि दरखास्त आह्वान गरे

शुक्रवार , पौष ८, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि दरखास्त आह्वान गरेका छन् ।

    चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले चितवनस्थित पार्टी कार्यालयका लागि सिइओ भर्ना गर्न लागेका हुन् ।

    आफूजस्तै विदेशबाट फर्किएकाका लागि अवसर भएको भन्दै लामिछानेले विकास, सुशासन, व्यवस्थापन लगायतका कार्यभार सम्हाल्न सक्नेलाई आकर्षक तलब सुविधा सहित आफैं एयरपोर्टमा लिन आउन तयार भएको बताएका छन् ।

    यसका लागि आफ्नो बायोडाटा (सिभी) उपलब्ध गराउन लामिछानेले अनुरोध गरेका छन् ।  न्युज कारखाना