२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

मणिग्राममा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

बुधवार , पौष ६, २०७९

काठमाडौं, ६ पुस । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–५ मणिग्राममा बुधबार बिहान भएको दुर्घटनामा शुद्धोधन गाउँपालिका-६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउँपालिका–२ का २६ वर्षीय वृजेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४७ प ३६१४ नम्बर मोटरसाइकल बुधबार बिहान पौने २ बजे दुर्घटनामा परेको थियो । न्यूज कारखाना