बुधवार , पौष ६, २०७९
भैरहवा, ६ पुस ।
बज अटोमोबाइल्स प्रा.लि. भैरहवाको आयोजना तथा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को सहयोगमा मंगलबार लुम्बिनीमा ‘बजाज डिस्कभर माइलेज च्याम्पियन कन्सटेस्ट ’सम्पन्न भएको छ । लुम्बिनी विकास कोष, विद्युत मैदान पर्सा, रुपन्देहीमा भएको कार्यक्रममा ६३ जना मोटरसाइकल चालकहरुको सहभागीता रहेको थियो ।
५० एमएल पेट्रोल भरेर जसले बढी किलोमिटर चलाएर देखाउँछन् बजाज डिस्कभर माइलेज कन्टेस्टमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कारको व्यवस्था गरिएको थियो । कन्टेस्टमा ८४ किलोमिटर चलाएका राघबेन्द्र प्रताप तिवारी प्रथम, ८२ किलोमिटर चलाएका धुनिराज खनाल र रामजान अलि मुसलमान भएकाले गोलाप्रथाबाट धुनिराज खनाल दोस्रो र रामजान अलि मुसलमान तेस्रो भएका छन् ।
बज अटोमोबाइल्स प्रा.लि.का प्रबन्ध निर्देशक हरि बहादुर थापाको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य सि.के. गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हिन्दू परिषद् नेपालका केन्द्रीय प्रवक्ता ओमकार पाण्डे, लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन डा. माणिकरत्न शाक्य लगायतले मन्तव्य राखेका थिए ।
अहिलेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको अवस्थामा माईलेज दिने मोटरसाइकल नै ग्राहकको रोजाइ भएकाले डिस्कभर १२५ सीसी मोटरसाइकल कति माइलेज दिन्छ भनेर ग्राहकलाई जानकारी दिने उद्देश्यले यो कार्यक्रमको योजना गरिएको कृष्णप्रसाद खरेलले बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij