२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

बुधवार , पौष ६, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • काठमाडौं, ६ पुस । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । 

    बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म भएको निर्वाचनमा दलको नेतामा प्रधानमन्त्रीसमेत रहेका देउवा निर्वाचित भएका उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । 

    ८९ सदस्यीय कांग्रेस संसदीय दलको निर्वाचनमा ६४ मतसहित सभापति देउवा निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी गगनकुमार थापाले २५ मत पाए ।