२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

कांग्रेस संसदीय दलको नेतामा गगन थापा उठ्ने, शेखर कोइराला प्रस्तावक

मंगलवार , पौष ५, २०७९

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • काठमाडौं, ५ पुस ।

    कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । मंगलबार बिहान बसेको कांग्रेस संस्थापन इतर समूहको बैठकले थापालाई दलको नेता उठाउने निर्णय गरेको हो । थापाको प्रस्तावक डा. शेखर कोइराला हुनेछन् ।

    लाजिम्पाटस्थित होटल एम्बेस्डरमा बसेको बैठकमा कोइराला र थापामध्ये एकजना उठ्ने सहमति जुटेको थियो । त्यसपछि को चुनावमा उठ्ने भन्ने विषयमा सिंहदरबारस्थित होटल बसेरामा कोइराला र थापा वार्तामा बसेका थिए । सो वार्तामा कोइरालाले आफू प्रस्ताव बन्न तयार रहेको बताएका थिए । 

    यो सहमतिपछि अब दलको नेतामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध थापाले उम्मेदवारी दिने निश्चित भएको छ । थापाले आगामी महाधिवेशनमा कोइरालालाई सभापतिमा सघाउने भित्री सहमति जुटेको स्रोतले बतायो ।