images

सोमवार, बैशाख १७ गते २०८१

बुटवलको नयाँ ट्रेकिङ रुट : फूलबारी–नुवाकोटगढी

बुटवलको नयाँ ट्रेकिङ रुट : फूलबारी–नुवाकोटगढी

images
images
images
सोमवार, पौष ४ २०७९
सोमवार, पौष ४ २०७९
  • बुटवलको नयाँ ट्रेकिङ रुट : फूलबारी–नुवाकोटगढी

    रुपन्देही, ४ पुस ।
    बुटवलको फूलबारीदेखि ठाडै उक्लिएर करिब २ घण्टामा नुवाकोटगढी पुग्न सकिन्छ । ऐतिहासिक, प्राकृतिक र साँस्कृतिक महत्वको नुवाकोट गढी लुम्बिनी प्रदेशको महत्वपूर्ण हिल स्टेशनका रुपमा रहेको छ । नुवाकोट गढीलाई लक्षित गरेर त्यहाँ अहिले केबलकारसमेत निर्माण भइरहेको छ । बुटवल–नुवाकोटगढी नयाँ पदयात्रा (हाइकिङ) पर्यटकीय गन्तव्यका रुपमा विकास थालिएको छ । लुम्बिनी घुम्न आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरी बुटवल–नुवाकोटमा एकदिने हाइकिङका रुपमा विकास गर्ने योजनासहित पर्यटन व्यवसायी लागेका छन् ।

    images

    नेपाल एशोसिएशन अफ ट्राभल्स एण्ड टुर एजेण्टस् (नाट्टा) लुम्बिनी प्रदेशको आयोजनामा ‘पर्यटनका लागि हामी, हाम्रो स्वास्थ्य र पदयात्रा’ भन्ने नारासहित पदयात्रा (हाइकिङ) को सुरुवात गरिएको छ । फूलबारी–नुवाकोट हाइकिङ पर्यटन प्रवर्द्धनमा नेपालकै महत्वपूर्ण गन्तव्यका रुपमा विकास गर्न लाग्नुपर्ने पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए । उनले भने, ‘यस क्षेत्रका लागि फूलबारी–नुवाकोट पर्यटकीय दृष्टिकोणले मात्रै नभएर स्वास्थ्य, प्रकृति र वातावरणका हिसाबले पनि महत्वपूर्ण ऐतिहासिक गन्तव्य हो ।’ उनले बुटवल–नुवाकोटगढी हाइकिङले पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वाससमेत व्यक्त गरे ।

    लुम्बिनी प्रदेश सरकारका पूर्वपर्यटन मन्त्री लिला गिरीले बुटवलबाट बिहानी हिँडाइमाथि नुवाकोटगढीमा पुगेर पुनःबुटवल फर्किंदा आम मानिसका लागि स्वास्थ्यका हिसाबले अतिउत्तम हुने बताए । उनले विदेशी पर्यटक लागि पनि यो छोटो दूरीको अन्त्यन्तै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताए ।

    प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले लुम्बिनी घुम्न आउने विदेशी पर्यटकलाई फूलबारी नुवाकोटको हाइकिङमा सहभागी गराउने गरी पर्यटन व्यवसायीले प्याकेज तयार गर्नुपर्ने बताए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले भैरहवाको गर्मी छल्न नजिकै रहेको फूलबारी नुवाकोट हाइकिङ फलदायी हुने बताए । उनले भने, ‘भैरहवाको मात्रै नभएर छिमेकी राष्ट्र भारतका पर्यटकका लागि पनि यो हाइकिङ महत्वपूर्ण गन्तव्य र आकर्षकस्थल बन्न सक्छ । हामी सबै मिलेर यसको प्रचारमा जुटौँ ।’

    पर्यटन प्रवर्द्धनका लागि नाट्टाले हाइकिङका रुपमा विकास गर्ने योजनाले यस क्षेत्रको पर्यटनमा नयाँ गन्तव्यको विकास भएको नाट्टा प्रदेश अध्यक्ष रचना पन्तले बताइन् । यात्रामा विभिन्न संघ–संस्थाका प्रमुख, निजी क्षेत्रका अगुवा, सुरक्षाकर्मी, कलेजका विद्यार्थी, पत्रकारलगायत गरी साढे ३ सयभन्दा बढीले साढे ३ किलोमिटरको उकालो चढेर माथि नुवाकोट पुगी पुनःतल फूलबारी फर्केका थिए ।

    पर्या–पर्यटनका हिसाबले अत्यन्तै महत्वपूर्ण गन्तव्यका रुपमा रहेको बुटवल–नुवाकोट हाइकिङ यात्रा अत्यन्तै रोमाञ्चक रहेको भैरहवाकी सिर्जना जोशीले बताइन् । नुवाकोट प्रवेशद्वारबाट करिब ८ सय मिटरको सिँढी चढ्दा केहीमाथि समथर भूगोल आउँछ । उक्त समथर भूभागमा हाइकिङमा जाने यसो एकछिन आराम गर्न पनि मिल्छ । हाइकिङमा पहिलो पटक जानेको लागि उक्त ठाउँ पहिलो विश्रामस्थल हो ।

    उत्तर पश्चिम पहाडको सालघारीको यात्रामा हिँडे झै लाग्ने र सालका रहर लाग्दा बोटले थप आनन्द दिने हाइकिङका क्रममा पसिनापुछ्दै उकालो उक्लिरहेकी भैरहवाकी ज्ञानुमाया पोखरेलले बताइन् ।

    जैविक विविधताले भरिपूर्ण फूलबारीदेखि नुवाकोटको यात्रामा लागेको थकानलाई नुवाकोटमा रहेको भैरव मन्दिर, नुवाकोट गढी, भ्यूटावर र नुवाकोट गाउले बिर्साउने पर्यटन व्यवसायी अञ्जन श्रेष्ठले बताए ।

    भ्यूटावरबाट साँझ बुटवल बजारको झिलिमिली अवलोकन गर्न र चिसो मौसममा स्थानीय उत्पादनबाट बनाइएका खानाको परिकारको स्वादमा नाच्दै गाउँदै पर्यटक रमाउँदा साँच्चिकै आनन्द अनुभूत हुने नाट्टा लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष सागर अधिकारीले बताए ।

    त्यस क्षेत्रको विकासका लागि सबैको सहकार्यमा आफूहरुले योजनाबद्ध काम गरिरहेको नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले बताए । उनले नुवाकोट गढीलाई ऐतिहासिक, धार्मिक र पर्यावरणीय हिसाबले पर्यटन प्रवर्द्धन गर्न योजनाबद्धरुपमा काम भइरहेको बताए । नुवाकोटगढी पुग्न अहिले बुटवल उपमहानगरपालिका–१३ बेलबासदेखि करिब १ घण्टामा सडकमार्ग हुँदै सवारीसाधनमा पनि पुग्न सकिन्छ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij