२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

माओवादी केन्द्र रुपन्देही इञ्चार्ज हकिकुल्ला खानद्वारा पदबाट राजीनामा

सोमवार , पौष ४, २०७९

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, ४ पुस ।
    नेकपा (माओवादी केन्द्र) रुपन्देहीका इञ्चार्ज तथा मुस्लिम मुक्ति मोर्चा–नेपालका केन्द्रीय इञ्चार्ज हकिकुल्ला खानले पदबाट राजीनामा दिएका छन् । गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट रुपन्देहीमा प्रत्यक्षतर्फ एकजना पनि उम्मेदवार विजय गराउन नसकिएको भन्दै खानले राजीनामा दिएका छन् । 

    सोमबार विज्ञप्ती जारी गर्दै नेता खानले प्रतिनिधिसभा र प्रदेशसभामा एक जना पनि प्रतिनिधित्व गराउन नसकिएको र समानुपातिक मत पनि पनि २०७४ को तुलनामा धेरै घटेकाले आफूले राजीनामा दिएको जानकारी दिएका छन् । ‘

    प्रतिनिधिसभामा मुस्लिम कलष्टर समेत कोल्याप्स भएको हुँदा नेकपा (माओवादी केन्द्र) रुपन्देहीको इञ्चार्ज र मुस्लिम मुक्ति मोर्चा केन्द्रीय इञ्चार्ज पदमा रहिरहन नैतिकताले दिदैन्, तसर्थ यी दुवै इञ्चार्ज पदबाट आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको छ, यसबाट पार्टी पंक्ति एवं मुस्लिम मुक्ति मोर्चा–नेपाल सम्बन्ध सबै सदस्यहरुमा पर्न जाने असरप्रति क्षमाप्रार्थी छु, ’विज्ञप्तीमा उल्लेख छ ।

    निर्वाचनमा माओवादी केन्द्रलाई प्रत्यक्ष र समानुपातिकतर्फ मतदान गर्नहुने सम्पूर्ण मतदाताप्रति खानले विज्ञप्तीमार्फत धन्यवाद दिएका छन् । खान पूर्व भूमिसुधार राज्य मन्त्री समेत हुन् ।