
शनिवार , पौष २, २०७९
बुटवल, २ पुस ।
दोस्रो कालिका जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा एथ्लेटिक्सका दुई स्वर्णको टुंगो लागेको छ । कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर आयोजना गरिएको दोस्रो कालिका रनिङ शिल्ड प्रतियोगिता–२०७९ अन्तरगत दोस्रो दिनको खेलमा लङजम्प खेलमा कालिकाका सलिम देवनले ६.५५ मिटर दुरी पार गर्दै स्वर्ण हात पारेका हुन ।
न्यू होराईजनका विजय यादवले ५.७० मिटर दुरी पार गर्दै दोस्रो र सेन्ट जोसेफका सुरज गौड ५.२२ मिटर दुरी पार गर्दै तेस्रो भए । यसैगरि कुवरवर्ति माविकी रजनी थारुले ४.५० मिटर दुरी पार गर्दै स्वर्ण आफनो नाम लेखाउन सफल भएकी छिन् । त्यसै गरी एभरेष्टका शान्ता सुनारले ३.८७ मिटर तथा नबिन औद्योगिक कदर बहादुर माविकी लक्ष्मी बलामी ३.८२ मिटर दुरी पार गर्दै क्रमश दोस्रो तथा तेस्रो स्थान हासिल गरे ।
त्यसै गरी भलिबलतर्फ पहिलो र दोस्रो चरणका खेलहरु चलिरहेका छन् । पहिलो चरणमा छात्रतर्फको खेलमा सेन्ट जोसेफ, तिलोत्तमा, एभरेष्ट इङ्लिस बोर्डिङ, उजिरसिंह मावि, मणिमुकुन्द इङ्लिस बोर्डिङ स्कुल, देवदह इङ्लिस बोर्डिङ स्कुल, होराईजन जिबिएस, रुपन्देही लीलाराम मावि, होराईजन इङ्दिस बोर्डिङ स्कुल, कुवरवर्ती इङलिस बोर्डिङ स्कूल, क्यानन इङ्लिस बोर्डिङ स्कुल, जनज्योती मावि, सिद्धार्थ इङ्लिस बोर्डिङ स्कूल, कान्ति मावि, सिता मावि र कोलिया मावि विजयी हुदै दोस्रो चरणमा पुगेका छन । त्यसै गरी छात्रातर्फ अन्तिम आठको टुंगो लागेको छ । अन्तिम चारका लागि होराइजन जिबिएस र नवज्योती इङलिस बोर्डिङ स्कुल, त्रिुभवन एकेडमी र कालिका मानवज्ञान मावि, दीप बोर्डिङ स्कुल र सिद्धार्थ बोर्डिङ स्कुल तथा साई ग्लोबल र नबिन मावि बीच खेलहरु हुनेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij