२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

लुम्बिनीमा ‘बजाज डिस्कभर माइलेज च्याम्पियन कन्टेस्ट’ हुने

शुक्रवार , पौष १, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, १ पुस ।
    बज अटोमोबाइल्स प्रा.लि. भैरहवाको आयोजना तथा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को सहयोगमा लुम्बिनीमा ‘बजाज डिस्कभर माइलेज च्याम्पियन कन्टेस्ट’ हुने भएको छ । यही पुस ५ गते मंगलबार बिहान ९ बजे लुम्बिनी विकास कोष, विद्युत मैदान पर्सा, रुपन्देहीमा उक्त कार्यक्रम हुने आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

    हंसराज हुलासचन्द प्रा.लि.का क्षेत्रीय प्रबन्धक प्रकाश शर्माले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै आम ग्राहक वर्गलाई माइलेजको अवस्थाबारे जानकारी दिन कार्यक्रमको आयोजना गर्न लागिएको बताए । उनले कार्यक्रममा सहभागी हुन सवारीचालक अनुमतिपत्र (लाइसेन्स) अनिवार्य गरेको बताए । कार्यक्रममा १ सय जनाको सहभागीता रहने उनले जानकारी दिए । 

    कार्यक्रममा सहभागी प्रतियोगीहरुमध्ये उत्कृष्ट तीन जनालाई पुरस्कृत समेत गरिने शर्माले बताए । उनले भने, ‘अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको अवस्थामा माइलेज दिने मोटरसाइकल नै ग्राहकको मुख्य रोजाइ रहेको छ, त्यसैले डिस्कभर १२५ सीसी मोटरसाइकलले कति माईलेज दिन्छ भन्ने कौतूहलता मेटाउन यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।’

    कम्पनीका इञ्जिनियर सन्तोष सुवेदीले तराई क्षेत्रमा कम सीसी भएका मोटरसाइकलहरु अत्याधिक मात्रामा रुचाइने गरिएकोमा त्यसमध्ये डिस्कभर १२५ सीसी पनि एक भएको बताए । उनले भने, ‘१२५ सीसी मोटरसाइलहरुमध्ये उचित मूल्य, आकर्षक लुक्स, टिकाउ, मर्मत खर्च कम, स्पयेयर पार्टसको सहज उपलब्धताका कारणले डिस्कभर १२५ सीसी मोटरसाइकल ग्राकहरुको पहिलो रोजाइमा पर्ने गरेको छ । ’

    बज अटोमोबाइल्स प्रा.लि.का व्यवस्थापक बलराम आचार्यले विशेषतः कृषक, शिक्षक, साना–ठूला व्यवसायी, सरकारी–गैरसरकारी कर्मचारी, निर्माण व्यवसायी तथा वित्ततीय संस्थाका कर्मचारीको पहिलो रोजाइमा डिस्कभर १२५ सीसी मोटरसाइकल रहेको बताए । यो मोटरसाइकलको बजार मूल्य सम्पूर्ण करसहित रु. २ लाख २८ हजार ९ सय रहेको आचार्यले जानकारी दिए ।

    सन् १९९८ मा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले भारतमा उत्पादित बजाज मोटरसाइकलको आधिकारिक विक्री वितरण सुरु गरेको हो । जसअन्तर्गत नेपालमा सन् २००५ मा बजाज कम्पनीद्वारा उत्पादित डिस्कभर १२५ सीसी बाइकको विक्रीवितरण सुरु भएको कम्पनीले जनाएको छ ।