२०८२, पौष १९ गते

Jan 03 2026 | २०८२, पौष १९ गते

खेल र पर्यटन क्षेत्र एक–अर्काका परिपूरक : सन्तोष पाण्डेय

शुक्रवार , पौष १, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, १ पुस ।
    रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट नवनिर्वाचित प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले खेल र पर्यटन क्षेत्र एक–एर्काका परिपूरक भएको बताएका छन् । भैरहवामा सञ्चालित आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ (पर्यटन कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) अन्तर्गत शुक्रबार जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै प्रदेशसभा सदस्य पाण्डेयले ब्याडमिन्टको खेलको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सकिने बताए । उनले भने, बोलेर मात्र हुँदैन काम गरेर देखाउनुपर्छ । उनले खेलकुद क्षेत्रको बारेमा सम्पूर्ण जानकारी नभएकोले यसबारे आफूलाई जानकारी गराउन आग्रह गरे ।

    लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका पाण्डेयले खेलकुद क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग र प्रयास गर्ने बताए । उनले पहिलो प्रदेशसभा बैठकमा भैरहवास्थित सिद्धार्थ रंगशालामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन गर्नेबारे कुरा राख्ने बताए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले महोत्सवमा कुस्ती र ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको बताए । उनले कुस्ती प्रतियोगिता समापन भएसँगै ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको बताए ।

    संघका कार्यसमिति सदस्य तथा ब्याडमिन्टन प्रतियोगिताका संयोजक हरिबहादुर थापाले शुक्रबार र शनिबार गरी दुई दिनसम्म प्रतियोगिता सञ्चालन हुने बताए । उनले प्रथम हुनेलाई रु. १५ हजार, ट्रफी, मेडल प्रमाणपत्र, द्वितीयलाई रु. १० हजार तथा तृतीय हुने दुईवटा टीमलाई नगद ट्रफी, मेडल प्रमाणपत्र प्रदान गरिने जानकारी दिए । उनले अनुशासित भइ खेल्न खेलाडीहरुलाई आग्रह गरे ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव विजय पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।