बिहिवार , मंसिर २९, २०७९
भैरहवा, २९ मंसिर ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडक र फुटपाथ अतिक्रमण हटाउने क्रम जारी राखेको छ ।
सडक र फुटपाथ अतिक्रमण हटाउनका लागि पालिकाले नगर प्रहरी परिचालन गरेको छ । बिहीवार नेपाल प्रहरीको समन्वयमा पालिकाबाट खटिएको नगर प्रहरीले नगर क्षेत्रको सडक र फुटपाथ अतिक्रमण गरेर राखिएको विभिन्न साम्रगी नियन्त्रणमा लिएको छ । त्यस्तै संरचनाहरु हटाइएको छ ।
सडक र फुटपाथ अतिक्रमण गरेर राखिएको एक थान मोटरसाइकल, ठेला, काठ, विभिन्न प्रकारका साइनबोर्ड, फर्निचर लगायतका सामग्रीहरु नियन्त्रणमा लिइएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरी प्रमुख मनोज मल्लले बताए ।
‘हामीले विगत केही महिनादेखि सडक र फुटपाथ अतिक्रमण गर्न नगर प्रहरी खटाएर सबैलाई सचेत गराउँदै आएका थियौ’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले भने, ‘अटेर गरिरहेका उपर अब कारवाही प्रक्रिया सुरु गरेका छौं ।’
नियन्त्रणमा लिइएका सामग्री लिन आउने व्यवसायीको व्यवसाय सम्बन्धिका कागजात समेत हेर्ने गरिएको छ । यदि केही कैफियत देखिएमा त्यस उपर पनि कारवाही प्रक्रिया अघि बढाइने उनले बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij