२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

ललितपुरमा एमालेबाट निर्वाचित ६ सांसदलाई चौतारीको सम्मान

बिहिवार , मंसिर २९, २०७९

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • काठमाडौं, २९ मंसिर ।

    प्रेस चौतारी नेपालले लतिपुरमा एमालेबाट निर्वाचित सांसदहरूलाई सम्मान गरेको छ । बिहीबार बिहान ललितपुरको सातदोबाटोमा आयोजित विशेष कार्यक्रममा चौतारीका अध्यक्ष गणेश बस्नेतले एमालेबाट प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचित भएकाहरूलाई सम्मान गरेका हुन् ।

    ललितपुरबाट एमालेका प्रेम महर्जन, मधुसुदन पौडेल, रामेश्वर श्रेष्ठ, प्रेमभक्त महर्जन, रघुवीर महर्जन तथा अप्सरा चापागाई सांसद छन् । प्रेम महर्जन ललितपुर २ बाट संघीय सांसद हुन् भने पौडेल, श्रेष्ठ, प्रेमभक्त र रघुवीर महर्जन तथा चापागाई प्रदेश सभा सदस्य हुन् । 

    चौतारीका अध्यक्ष बस्नेतले आगामी कार्यकाल सफलताका लागि सबै जनप्रतिनिधिलाई शुभकामना दिएका थिए । कार्यक्रममा एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले एमाले निकट पत्रकारलाई सम्मान गरेका थिए । न्युज कारखाना