२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

आईएफकेके कराँते टोली आज भारत जाँदै

बिहिवार , मंसिर २९, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, २९ मंसिर ।
    इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराँते (आईएफकेके) टोली आज बिहीबार भारतको कोलकाता प्रस्थान गर्दैछ ।

    राष्ट्रिय कराँते प्रतियोगिता (आईकेओकेएस कोलकाता ब्रान्चेसमा सहभागी हुन ७ खेलाडीसहित १३ सदस्यीय टोली भारत जान लागेको हो ।

    डिसेम्बर १६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा सुमन थापा मगर, प्रिन्स देउला, प्रवेश गुरुङ, शेख रिज्वान उलाङ, सुशान्त सापकोटा, इशान सापकोटा र प्रञ्चलाल घिसिङले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।

    प्रशिक्षकमा घनश्याम श्रेष्ठ, व्यवस्थापकमा सानुराजा महर्जन, अफिसियलमा कुमार दनुवार, सुप्रिम रेफ्रीमा प्रेम लामा तथा रेफ्रीमा रेवतीप्रसाद सापकोटा र निरकमल थापा रहेका छन् ।