२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

‘निर्वाचन सौहार्दपूर्ण रुपमा सम्पन्न भयो’

बिहिवार , मंसिर २९, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • बुटवल, २९ मंसिर ।
    मंसिर ४ गते भएको निर्वाचन सौहार्दपूर्ण सम्पन्न भएको सरोकारवालाहरुले बताएका छन् । लुम्बिनी प्रदेश सवाद समूहको आयोजनमा भएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन २०७९ को समीक्षामा बोल्ने वक्ताहरुले अहिलेको निर्वाचन सौहार्दपूर्ण रुपमा सम्पन्न भएको बताए ।
    कार्यक्रममा बोल्दै जिल्ला निर्वाचन कार्यालय रुपन्देही प्रमुख अयोध्या प्रसाद भण्डारीले रुपन्देहीमा मतदाता शिक्षा प्रभावकारी नदेखिएको बताए । उनले निर्वाचन स्वच्छ रुपमा सम्पन्न भएको बताउँदै जिल्लाका सबै स्थानमा मत बदर रहेको बताए । उनले मतदाता शिक्षा लुम्बिनीका १२ जिल्लाभन्दा अगाडि नै रुपन्देहीमा सुरु गरे पनि सबैभन्दा धेरै बदर यहाँ देखिएको बताए । उनले राजनीतिक दलका उम्मेदवारहरुले चुनावी खर्च नबुझाएकोले बुझाउन आग्रह गरे ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीकन अध्यक्ष रामराज पोख्रेलले पत्रकारहरुको भूमिका निकै सन्तुलित रहेको बताए । 

    कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ठग बहादुर केसीले अघिल्लो निर्वाचनको तुलनामा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको बताए ।

    कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सल्लाहकार एव संविधानसभा सदस्य नेत्र पन्थी, नेपाली कांग्रेसका नेता विष्णु पोख्रेल, नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सचिवालय सदस्य तथा पूर्व राज्यमन्त्री हकिकुल्ला खाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका  लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष लक्ष्मण खडका, राष्ट्रिय जनमोर्चाका नेता टान बहादुर केसी, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि दीपक ठाकुर, अपांग महासंघका लुम्बिनी प्रदेश सचिव सन्तोष पन्थी, नेपाल प्रेस युनियन रुपन्देही सभापति रेखा भुसाल, बार एसोसिएसन बुटवल अध्यक्ष कैलाश ज्ञवाली, बार पूर्व अध्यक्ष महेन्द्र पाण्डे, सम्वाद सहजकर्ता विक्रम खड्का, आनिक राना, लगायतले बोलेका थिए ।