२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

लुम्बिनी प्रदेशभरका रेडियोको भेला बुटवलमा

बुधवार , मंसिर २८, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • अर्घाखाँची, २८ मंसिर ।
    लुम्बिनी प्रदेश अन्तरगतका विभिन्न जिल्लामा रहेका स्वतन्त्र रेडियोहरुको भेला बुटवलमा सम्पन्न भएको छ । ब्रोडकाष्टिङ्ग यशोशिएसन अफ नेपाल वानका लुम्विनी संयोजक युगराज बस्यालको अध्यक्षतामा सम्पन्न भएको भेलाले रेडियोले पाउने सरकारी सूचना तथा विज्ञापन समानुपातिक रूपमा वितरणको लागि दवाव दिने निर्णय गरेको छ ।

    अहिले पनि ग्रामीण क्षेत्रमा रेडियोहरुको प्रभाव कायमै रहेको निष्कर्श निकाल्दै भेलाले लुम्बिनी प्रदेश सरकार तथा स्थानीय तहसँगको सहकार्यमा क्षमतावृद्धि कार्यक्रम प्रदेशभरका जिल्लाहरुमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

    भेलाले केही महिनाअघि काठमाण्डौमा सम्पन्न बानको केन्द्रीय अधिवेशनले निर्वाचित गरेको प्रदेश समितिलाई पूर्णता दिनुका साथै स्वतन्त्र रेडियोहरुलाई राज्यले उद्योगको मान्यता दिनुपर्नेमा अहिले पनि विभेद गरेको भन्दै सम्बन्धीत निकायमा खबरदारी गर्ने निर्णयसमेत गरेको छ ।

    बैठकमा बानका पूर्व प्रदेश अध्यक्ष माधव नेपाल, पूर्व केन्द्रीय सदस्य जगदिश भट्टराईसहित लुम्बिनी प्रदेशभर रहेका स्वतन्त्र रेडियोका प्रतिनिधि सहभागि भएको संस्थाका सचिव हरिप्रसाद भुसालले जानकारी दिए । न्युज कारखाना