२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

चौराहा हस्पिटलमा निःशुल्क फोक्सो परीक्षण तथा परामर्श 

बुधवार , मंसिर २८, २०७९

बुटवल, २८ मंसिर ।
चौराहा हस्पिटल प्रालिमा एकदिने निःशुल्क फोक्सो परीक्षण तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ । बुधबार लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका ७० जनासहित सर्वसाधारणको फोक्सो जाच तथा परामर्श दिइएको अस्पतालले जनाएको छ । 

फोक्सोको पम्लरी फन्सनल टेष्ट (पिएफटी) जाँच गरी त्यसको आधारमा दम भए नभएको छुट्टाउने र समस्याबारे जानकारी दिइएको अस्पतालका फिजिसियन डा. सरोज थापाले बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले प्रत्येक महिनाको अन्तिम बुधबार बिरामीहरुलाई फोक्सोको काम, सुरक्षाको विषयमा जानकारी दिने गरी निःशुल्क परामर्श तथा परीक्षण गरेको उनले बताए । एक महिनाको अवधिमा अस्पतालमा उपचारमा आउने बिरामीहरुमा खोकी, फोक्सोमा समस्या भएका दमका बिरामी बढी देखिएको डा. थापाले बताए । 

अस्पतालका प्रबन्ध निर्देशक बिरु भण्डारीले सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षभरी नै विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरका साथै अस्पताल परिसरमा चिकित्सकीय परीक्षण र औषधि वितरणका कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए । निजी लगानीमा संचालन भएको अस्पतालबाट विशेषज्ञ सेवासंगै ट्रमा सेवालाई विशेष प्राथमिकता दिएको उनले बताए ।

अस्पतालले न्युरोसर्जरी, जनरल सर्जरी, ईएनटी, महिला तथा प्रसुति, डेण्टल, कार्डियो, अर्थो, मानसिक रोग विशेषज्ञ चिकित्सकहरुबाट सेवा दिदै आएको छ । अस्पतालले प्रत्येक महिनाको अन्तिम बुधबार निःशुल्क पल्मनरी फन्सन टेष्ट र हरेक हप्ताको बिहीबार निःशुल्क फिजिसियनबाट परामर्श सेवा र मधुमेह परीक्षण तथा परामर्श गर्दै आएको उनले बताए । साउनदेखि सुरु गरेको निःशुल्क सेवामा ७ सय जना भन्दा बढीले सेवा लिएको उनले जानकारी दिए ।