२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

बुधवार , मंसिर २८, २०७९


रुपन्देही, २८ मंसिर। रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

शुद्धोदन गाउँपालिका ५ रजाडमा मंगलबार राति भएको  दुर्घटनामा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पैदलयात्री स्थानीय पुजनी थारु रहेकी छिन् । उनको उपचारको क्रममा युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पताल भैरहवामा राति ११ बजे मृत्य भएको प्रहरीले बताएको छ ।  मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय छपियाले जनाएको छ ।