२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

सीएसीसीआईको उपाध्यक्षमा पुनः श्रेष्ठ

मंगलवार , मंसिर २७, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, २७ मंसिर । कन्फीड्रेशन अफ एसिया–प्यासिफिक चेम्बर्स अफ कमर्श एण्ड इण्डष्ट्रिज (सीएसीसीआई) को उपाध्यक्षमा पुनः प्रदीपकुमार श्रेष्ठ निर्वाचित भएका छन् । आगामी दुईवर्षे कार्यकालको लागि श्रेष्ठ पुनः उपाध्यक्षमा निर्वाचित भएका हुन् । अस्ट्रेलियाको मेलबर्नमा भएको वार्षिक सम्मेलनले उनलाई उपाध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । श्रेष्ठ पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक हुन् ।

    नेपालीमा ‘पञ्चकन्या’ लगभग सर्वपरिचित ब्रान्ड र औद्योगिक नाम हो । नेपालमा तुलनात्मक रूपमा स्वच्छ व्यवसायिक घरानाको नाम लिंदा पञ्चकन्या अग्रस्थानमा आउँछ । खुला अर्थतन्त्रको बाटोमा नआउँदैदेखि पञ्चकन्याका उत्पादनहरू बजारमा फैलिसकेका थिए । लाइसेन्स राज रहेको पञ्चायतकालदेखि अहिलेसम्म पनि आफ्ना उत्पादनसँगै ग्रुपको विरासत फैलाउने क्रममै छ, पञ्चकन्या । स्टिल (फलामजन्य उत्पादन ) सहित खानेपानीका पाइप, पीभीसी पाइप, रेडिमेड कंक्रिट सहितका उत्पादनमा पञ्चकन्या ग्रुप संलग्न छ ।