
आइतवार , पौष ५, २०७७
काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीले लहडमा गरेको संसद विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन्।
उनले सामाजिक सञ्जाल ट्वीटरबाट आज ट्वीट गर्दै संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान राखिए पनि ओलीले लहडमा संसद विघटनको निर्णय गरिएको बताएका हुन्।
उनले भनेका छन्, ‘यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे व्याख्या भए पनि ३ वर्षअगाडि जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij