२०८२, कार्तिक २९ गते

Nov 15 2025 | २०८२, कार्तिक २९ गते

लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी हुने

मंगलवार , मंसिर २७, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, २७ मंसिर । 

    लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ । यसअघि नै सत्ता गठबन्धनमा रहेकाले निरन्तरता स्वरूप सरकारमा सहभागी हुने नेता केशवकुमार झाले बताए । 

    उनले भने, 'पार्टी बैठकमा शीर्ष नेताहरूबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । यसअघि पनि सत्ता गठबन्धनमै रहेकाले कुनै नयाँ निर्णय गर्न जरुरी छैन ।' नेता  झाका अनुसार संविधान संशोधन लगायतका मुद्दा कायम छन् । उनले निर्वाचन अघिकै निर्णयको निरन्तरता भएकाले सरकारमा सहभागी हुन कुनै फरक माग भने नरहेको उनले जानकारी दिए । न्युज कारखाना