२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

रेशम चौधरीसहितलाई उन्मुक्ति दिन अध्यादेश ल्याउन लागेको भन्दै अनेरास्ववियुको प्रदर्शन

मंगलवार , मंसिर २७, २०७९

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, २७ मंसिर । सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु आन्दोलनमा उत्रिएको छ । 

    व्यक्ति हत्या अभियोगमा आजीवन कैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीलसहितलाई उन्मुक्ति दिन अध्यादेश ल्याउन लागेको भन्दै अनेरास्ववियुले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको हो । 

    मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधनका लागि सरकारले सोमबार राष्ट्रपतिसमक्ष अध्यादेश पठाएको छ । यसको भोलिपल्ट मंगलबार बिहान अनेरास्ववियुले त्रिचन्द्र कलेज अगाडि प्लेकार्डसहित नाराबाजी गर्दै प्रदर्शनमा विरोध प्रदर्शनमा उत्रिएको हो । 

    प्रदर्शनरत विद्यार्थीहरुले राजनीतिमा अपराधीकरण र अपराधको राजनीतीकरण गर्न बन्द गर्नुपर्ने लगायतका नारासहित प्रदर्शन गरेका हुन् । 

    newskarkahna-news421841.jpg
    newskarkahna-news421848.jpg
    newskarkahna-news421842.jpg

     

    newskarkahna-news421845.jpg