२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

प्रतिनिधी सभा संसदको हिउदे अधिवेशन छिट्टै : सभामुख सापकोटा

आइतवार , पौष ५, २०७७

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • सिन्धुपाल्चोक, ५ पुष । प्रतिनिधी सभाका सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको हिउदे अधिवेशन आह्वान गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । 

    बर्षे अधिबेशन सकिएर झण्डै ६ महिनादेखि स्थगित संसदको अधिवेशन आह्वान गर्ने सम्बन्धमा सरोकारवाला पक्षसँग छलफल भइरहेको सभामुख सापकोटाले जानकारी गराएका छन् । 

    सिन्धुपाल्चोकको ल्हार्चामा आयोजित कार्यक्रममा बोल्दै जनताका समस्या सरकारलाई सुनाउने थलो संसद रहेका कारण पनि हिउँदे अधिवेशनको बैठक बोलाउने सम्बन्धमा विभिन्न विकल्पहरुका बारेमा छलफल भइरहेको सभामुख सापकोटाले जानकारी गराए ।

    राजनैतिक रुपमा पनि बिभिन्न चरणमा छलफल भैरहेको भन्दै उनले आगामी पुष १५ भित्रै संसदको अधिबेशन शुरु हुने बिश्वास ब्यक्त गरे । 

    कार्यक्रममा सहभागी सापकोटाले स्थानीय तहहरुलाई विपत् पूर्वतयारीका लागि विभिन्न सामाग्री हस्तान्तरण गरेका थिए । उनले सिन्धुपाल्चोकका भोटेकोशी, बाह्रबिसे, जुगल र चौतारा लगायतका स्थानीय तहहरुलाई २ करोड रुपैयाँ भन्दा बढी मुल्यका टेन्ट, कम्बल लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको बताइएको छ ।