२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

लैंगिक हिंसा न्यूनीकरण र नेतृत्व विकास तालिम सम्पन्न

आइतवार , मंसिर २५, २०७९

भैरहवा, २५ मंसिर ।
जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–१५, रुपन्देहीको आयोजनामा लैंगिक हिंसा न्यूनीकरण र नेतृत्व विकास तालिम शनिबार कोटिहवामा सम्पन्न भएको छ । १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान अन्तर्गत संस्थाका सम्पूर्ण लेखा र उपसमितिका महिलाहरुको सहभागीतामा तालिम सम्पन्न भएको सहकारीले जनाएको छ ।

सहकारीकी अध्यक्ष ज्ञानु पौड्यालको अध्यक्षता तथा उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश सरला कुमारी पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रममा सम्पन्न भएको थियो ।

सहकारीका उपाध्यक्ष गिरी प्रसाद पुनको स्वागत तथा सचिव सरु रानाको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश सरला कुमारी पाण्डेले पछिल्लो समय सम्बन्धविच्छेदका घटना बढिरहेको र यसले समाजमा नराम्रो प्रभाव पारिरहेको बताइन् । उनले सहकारीमा रहेका नेतृत्व तहमा भएका महिलाहरुले हरेक क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने हुँदा हिंसा न्यूनीकरण गर्न सहकारीको संजाल लाग्नुपर्ने बताइन् । यो सहकारीको नेतृत्व नै महिलाले लिएको र देशकै र दक्षिण एशियाबाट पुरस्कृत संस्था भएकोमा उनले खुसी व्यक्त गरिन् ।

३६ जनाको सहभागीता रहेको तालिमको सहजीकरण महिला, बालबालिका, ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेश उपसचिव एवं प्रमुख महिला विकास अधिकृत शारदा बस्याल बेलबासे र जनउत्थान सहकारीकी अध्यक्ष ज्ञानु पौड्यालले सहजीकरण गरेका थिए ।