२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

एकीकृत समाजवादीद्वारा प्रदेश समानुपातिक सांसदको नाम सिफारिस

शनिवार , मंसिर २४, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  •  

    काठमाडौं, २४ मंसिर ।

    नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेससभाका लागि समानुपातिकतर्फ निर्वाचित सांसदको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

    जसअनुसार प्रदेश १ मा विद्या चाम्लिङ राई, मधेश प्रदेशमा रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम सिफारिस भएको छ ।

    यस्तै, बागमती प्रदेशमा मायादेवी शर्मा र ओमकुमार श्रेष्ठ छनोट भएका छन् । लुम्बिनी प्रदेशमा भगवती अधिकारी, कर्णाली प्रदेशमा कल्याणी खड्का र सुदूरपश्चिममा माया पन्तको नाम सिफारिस भएको छ ।

    मंसिर ४ गतेको निर्वाचनमा समानुपातिकतर्फ प्राप्त गरेको मत अनुसार एकीकृत समाजवादी पार्टीले प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा प्रदेशमा १-१ जना, मधेश प्रदेशमा ३ र वाग्मतीमा २ सिट जितेको थियो । न्युज कारखाना